पशु र कृषि सेवाको पहुँच सहज नभएको भन्दै तेह्रथुमका किसान असन्तुष्ट


तेह्रथुममा रहेको तत्कालिन जिल्ला पशुसेवा कार्यालय र कृषि विकास कार्यालयको कामकाज धनकुटाबाट सञ्चालन हुने भएपछि किसानहरु कृषिजन्य सेवाबाट बञ्चित भएको भन्दै आन्दोलित भएका छन् । किसानको आवश्यकतालाई सरकारले बेवास्ता गरेको कारण आन्दोलन गर्नु परेको जिल्ला कृषक सञ्जालका अध्यक्ष योगेन्द्र गड्तौलाले बताउनुभयो । स्थानीय सरकार आए पनि किसानका लागि सेवा दिने कार्यालय झन् टाढा पुगेको भन्दै किसानहरु निराश भएका छन् । स्थानीय तह गठन भएपछि सेवा सुविधा आफ्नै गाँउबाट लिन पाईने विश्वास राखेको भएपनि संघीयताले सुविधा भन्दा पनि सास्ती दिएको गूनासो किसानको छ । जिल्लामा किसानहरुले उत्पादन गर्ने कृषिबाली र पशुपंन्छीमा कुनै रोग वा समस्या देखिए प्राविधिकको अभाव छ । कृषि ज्ञान केन्द्र कार्यालयको सहयोगीको भरमा संञ्चालित छ । कृषि सम्बन्धी सानो कामका लागि समेत तेह्रथुमका किसानहरु दुईदिन लगाएर धनकुटा जानुपर्ने बाध्यता रहेको स्थानीय किसान दिपक ढुंगानाले बताउनुभयो । कृषि ज्ञान केन्द्र र पशुविज्ञ शाखा मार्फत् जिल्लाबाटै सेवा पाउनुपर्ने माग राख्दै किसानहरुले प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालय र सांसदहरुलाई ज्ञापन पत्र बुझाइसकेका छन् । किसानहरुले हाटबजार बन्द गर्ने तथा गोरु र कृषि औजार सहित विरोध ¥याली लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए । तरपनि सम्बन्धित निकाय मौन रहेको किसानको गुनासो छ । साविकको जिल्ला कृषि विकास कार्यालय र त्यस अन्तर्गतका सबै संरचना खारेज भएपछि जिल्लामा कृषि प्रसार, प्रविधि हस्तान्तरण तथा सहयोग, तथ्यांक संकलन, बीउबिजन, मिनी कीट वितरण, कृषि परामर्शजस्ता किसान लक्षित सबै कार्यक्रम प्रभावित भएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: