सांसद साहलाई चार दिनको म्याद थप


विमान स्थल तोडफोडमा पक्राउ परेका प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई हिरासतमा राखि अनुसन्धान गर्न ४ दिनको लागि जिल्ला अदालत धनुषाले म्याद थप गरिएको छ । बुधवार जिल्ला अदालत धनुषाका न्याययधिश तिर्थप्रसाद केसीले सो म्याद थप गरेका हुन । जिल्ला प्रहरी कार्यालयले घटनाको छानबीन गर्न १० दिनको म्याद मांगेको थियो । तर ४ दिनको म्याद मात्रै थप गरिएको छ । आरोपित सांसद साहलाई पुनः कात्तिक १ गते जिल्ला अदालत धनुषामा पेश गरिनेछ । सो अवधिमा अनुसन्धान भइसकेकोमा मुद्दा दर्ता गरी अदालत कारवाही प्रक्रिया अघि बढाइनेछ । यदि अनुसन्धान हुन सकेन नभने पुनः म्याद थप गरिने श्रेस्तेदार यज्ञप्रसाद आचार्यले बताएका छन् । श्रेस्तेदार म्याद थपका लागि अदालत लगिएका सांसद साहले संचारकर्मीसंग कुरा गर्दै भने न्यायपालिकामाथि आफूलाई विश्वास छ, न्यायपालिकाले जे निर्णय गर्छ त्यो आफू स्वीकार्नेछु, बांकी निर्णय जनतामाथि रहेको छ । सोमवार उपचारका लागि काडमाडौ जान विमान स्थलमा बसेका किडनीका बिरामी नेपाली कांग्रेसका नेता दिलिप सहगल विमान ढिलो भएका कारण दर्दले छटपाई रहेको अवस्था सहन नसकी काठमाडौ जानका लागि उपस्थित सांसद साहले बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए । तोडफोड घटना पश्चात सांसद साहलाई बुद्ध एअरका कर्मचारीले उनलाई काठमाडौ जान विमानमा चढन रोकेपछि हातहालको अवस्था समेत उत्पन्न भएको थियो । सो घटना पश्चात नेपाल नागरिक उड्यान प्राद्यिकरण जनकपुरले विमान स्थलमा तोडफोड र विमान संचालनमा बाधा पुरयाएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । सोही उजुरीको आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि । उनलाई काठमाडौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मंगलवार पक्राउ गरिएको थियो । काठमाडौ पक्राउ परेका सांसद साहलाई घटना अनुसन्धानका लागि मंगलवार नै जनकपुर ल्याइएको थियो
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: