मनसुन बाहिरियो, आजबाट मौसम सफा रहने


मनसुन बाहिरिएसँगै आजबाट मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका यस वर्ष पूर्वी नेपालमा जून २० मा आगमन भएको मनसुन १२ अक्टुबर अर्थात् आजबाट बाहिरिएको छ । महाशाखाका अनुसार यो आगमन औसत भन्दा १० दिन ढिलो हो भने बहिर्गमन औसत भन्दा १९ दिन ढिलो हो । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाडौंमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ । मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भनिएको छ, ‘उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबै भन्दा लामो मनसुन रहेको छ ।’ मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: