समानताको विना प्रदेशको विकास असम्मवः मुख्यमन्त्री


मुख्यमन्त्री लालबाबु राउतले अहिलेको आवश्यकता समानताको रहेको बताउनुभयो । उहाले समानताको विना प्रदेशको विकास सम्मव नरहेको बताउनुभयो ।
समाजवादी पार्टी जनकपुर नगर कार्य समितिले आयोजना गरेको चियापालन कार्यक्मा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पछिाड परेका समुदायहरुलाई समानताको अधिकार प्राप्त नभए सम्म प्रदेशको विकास सम्मव नरहेको बताउनुभयो । प्रदेश सरकार प्रदेशको विकासको लागि अग्रसर रहेको बताउदै अहिले कानुन निर्माण देखि लिएर विकासको कार्यहरु गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले आफनो गाउ ठाउको विकास सबैले मिलेर गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले दलित, महिला, मुस्लिम, पिछडिएका सहित सीमान्कृत वर्गको विकास र समुचित अवसरका लागि हामीलाई यस शुभ अवसरमा भगवानले देओस आजको आवश्यकता रहेको औल्याउनुभयो ।
साथै उहाले प्रदेश सरकार आफ्नो तर्फबाट विभिन्न कानून र योजना ल्याई अघि सारेर सबैको विकासका लागि कदम चालिसकेको दाबी गर्नुभयो। उहाले भन्नुभयो हामीले दलित, मुस्लिम र महिलाको अधिकारका लागि कानून निर्माण गरिसकेका छौ र उनीहरुको समान अवसरका लागि कानूनमै व्यवस्था गरिसकेको छु ।  नगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, प्रदेश सभा सदस्य रामआशिष यादव, नेता डा. रामस्वार्थ र उमेश साह लगायतका नेताहरुले आ आफ्ना धारणा राखेका थिए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: