सांसद साहलाई पक्राउ पुर्जि जारी


जनकपुर विमानस्थलमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले बुद्ध एयरको चेक ईन काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । मंगलबार विहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता भएको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए । जिप्रका धनुषामा मुद्दा दर्ता भएसंगै प्रहरीले पक्राउ गर्नका लागि काठमाण्डौ स्थित प्रहरी कार्यालयलाई जानकारी गराईएको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जनाए । अब प्रहरीले उनलाई यता सांसद साह भने अहिले काठमाण्डौँमा रहेका छन् । उनले सोमबार जनकपुरबाट काठमाण्डौँ उडान भर्ने क्रममा विहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले गर्दा एक जना किड्नीको विरामीको अवस्था चिन्ताजनक भईरहेको देख्न नसक्दा आवेशमा आएर काउण्टर तोडफोड गरेको थियो । सो क्रममा बुद्ध एयर जनकपुरका व्यवस्थापक प्रमुख विजयप्रसाद सिंहले सांसद साहलाई कुनै पनि हालतमा उडान भर्न नदिने भनेपनि पछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जान निर्देशन दिएका थिए । सो ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ । त्यसैगरी विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनो उद्धार, सेवा सम्बन्धि यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण भवन धावन मार्ग, धावन मार्ग तर्फ जाने टैक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षती पुर्याए, वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिनेछ । सो किसिमको अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्ष देखि ५ वर्ष सम्म कैद हुने व्यवस्था छ । सो ऐन अन्र्गत अपराध गर्नेलाई नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्ने छ र निजहरुले पक्राउ गरी सकेपछि तुरुन्त प्रहरीलाई बुझाई दिनुपर्ने छ । हवाई उडान कार्यसंग सम्बन्धित कुनै पनि कर्मचारी विमानस्थलमा सरकारी वा गैरसरकारी कर्मचारी हवाई यात्रु लगायत कुनै पनि व्यक्तिलाई हातहतियार लिई वा नलिई डर, धम्की, प्रलोभन वा कब्जामा लिई अन्य कुनै किसिमबाट हवाई उडान संचालन तथा बाधा उत्पन्न गराउने कार्य गरेकोमा हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराध मानिनेछ । सो ऐन अन्तर्गत मुद्दाको सुरु कार्यवाही अधिकार गर्ने किनारा गर्ने अधिकार स्थानीय अदालतलाई छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: