राष्ट्रपति र प्रधानमन्त्रीले आज सर्वसाधारणलाई टिका लगाइदिँदै


राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको शुमकामना दिनुभएको छ । उहाँले हिन्दुहरुको महान पर्वको रुपमा रहेको विजयादशमीले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हासिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादसैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिँदै हुनुहुन्छ । आज दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाउन चाहने इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म अन्य व्यक्तिलाई टीका लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आज राष्ट्रपति भवन शीतलनिवासको गेट नं १ को टिका लगाउनेका लागि ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको शुभकामना सन्देश दिँदै चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभएको छ । दशैं भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता रहेको उहाँको शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनुहुने भएको छ । प्रधानमन्त्रीकाका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार यस वर्षको बडादसैंका अवसरमा आज दिउँसो २ बजेदेखि ४ सम्म मन्त्रीगण, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाइदिने कार्यक्रम तय भएको छ । दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आर्शिवाद लिनुहुने छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: