महराको औँठाछापको नमुना रिपोर्ट आज बुझाउने प्रहरीको तयारी


निवर्तमान सभामुख कृष्णबहादुर महराको औँठाछापको नमुना रिपोर्ट आज बुझाइने भएको छ । प्रहरीले महराको औँठाछापको नमुना लिएर फरेन्सिक टेस्ट गरेको थियो । जसको रिपोर्ट प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । रिपोर्टलाई प्रहरीले गोप्य नै राखेको छ । बरामद मदिरासहितको बोतल, गिलास, महराको भनिएको चस्मालगायत सामानलाई पनि प्रहरीले अदालतमा पेस गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आज जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । यस्तो घटनामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । महरा पक्राउ परेको आज २५ दिन भएको छ । गत १९ असोजमा प्रहरीले बालुवाटारस्थित निवासबाटै महरालाई पक्राउ गरेको थियो । महरालाई संसद् सचिवालयका कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेको छ । मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी गरेको छ । ‘पोलिग्राफ टेस्ट’ गराउन भने महराले अस्वीकार गर्नुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: