विभेद अन्त नभए सम्म राष्ट्रिय एकता बलियो हुँदैन ः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय एकता बलियो बनाउन मुलुकमा व्याप्त रहेको विभेद अन्त गर्नु पर्ने बताउनु भएको छ ।

विवेकशिल नेपाली दलले राष्ट्रिय सम्मेलन २०७६को अवसरमा जनकपुरमा आयोजना गरेको समानुभूति सम्वाद कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले एक भाषा एक भेषको नीति मुलुकको विकासमा ठुलो बाधक रहेको बताउनु भयो ।
नाराले मात्र मुलुकलाई समृद्ध बनाउन नसकिने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यसलाई व्यवहारमा लागु गरेर आधारभूत आवश्यकतालाई केन्द्रित गर्दै नीति ल्याउनु पर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले भन्नु भयो, मुलुकमा समृद्धि ल्याउनु छ भने विचार र सिद्धान्तले मात्र सम्भव छैन, त्यसलाई व्यवहारमा उतार्नु पर्दछ, तर यहाँका नेतृत्व वर्गमा त्यसको सर्वथा आभाव देखिएको छ।
विवेकशिल नेपाली दलले उठाएका मुद्दाहरु समय सापेक्ष रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसलाई व्यवहारमा लागु गर्न विवेकशिल दलका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, विवेकशिलका संस्थापक अध्यक्ष उज्वल थापा, नवनिर्वाचित अध्यक्ष, मिलन पाण्डे सहितका वक्ताहरुले सम्बोधनगर्नु भएको थियो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: