प्रतिनिधि सभा सदस्य प्रमोद साह साधारण तारिखमा रिहा


 प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएसँगै साह रिहा भएका हुन् । बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका थिए ।साहबिरुद्ध चलाइएको मुद्दा बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो ।काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थियो ।अदालतले रिहाई गर्न आदेश दिएपछि संचारकर्मीसंग कुराकानी गर्दै सांसद साहले आफुले जनताको पक्षमा आवाज उठाएको बताउदै त्यसलाई लिएर जसरी राज्यले मुद्दा लगाउने कार्य गरेको त्यो दुखद रहेको बताउनुभयो । उहाले अदालतबाट आफुले न्याय पाएको बताउनुभयो । अदालतले सांसद साहलाई रिहा गरि पछि राजपा नेपालले घोषणा गरेको सम्पुर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । राजपा नेपालका प्रदेश नम्बर २का सचेतक परमेश्वर साहले अदालतले सांसद साहलाई रिहा गरेपछि आफुहरुको घोषित कार्यक्रम फिर्ता लिएको र बुद्ध एयरको सेवा सुविधा सुधारको लागि भने प्रयासरत रहने बताउनुभयो ।
जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।
अभियोग माग दावी अनुसार नभएको कारणले सांसद साहलाई साधारण तारेख छाडिएको ईजलाश नम्बर–३ का न्यायाधीश तेजनारायण पौडेलले जानकारी दिए ।साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।
जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।
जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।
हिजो जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएपछि आजदेखि थुनछेक बहस भएको थियो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: