बेचिएको मन्दिरका जग्गा फिर्ता गराउने निर्णय


गुठि संस्थानले मटिहानी मन्दिर अधिनस्त रहेको बेचिएको जग्गा फिर्ता गराउने निर्णय गुठि संस्थाले गरेको छ। गुठि संस्थान अधिनस्त रहेको जग्गा फिर्ता गुठि संस्थान अधिनस्त ल्याउने निर्णय गरेको छ। यस निर्णयको अहिले सबै तिर प्रसंसा हुन थालेको छ। स्थानियवासीहरुले भने जनकपुरधामको जग्गाहरु समेत संरक्षण गर्नुपर्ने र यस्तै प्रकारको जग्गा समेत गुठि अधिनस्त ल्याउनुपर्ने मांग गरेका छन । जगन्नाथ दास वैष्णवले गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको करिब १० करोड रूपैयाँ मूल्य पर्ने जमिन मन्दिरका नाममा ल्याउने निर्णय गुठी संस्थानले गरेको छ ।
महन्तको नाममा रूपन्देहीको सिआरी गाउँपालिका–३ (साबिक हर्नैया गाउँपालिका वडा नं. १) मा रहेको करिब सात बिघा जमिनको रामजानकी मठ गुठीको नाममा स्रेस्ता तथा पुर्जा कायम गर्ने निर्णय भएको गुठी संस्थानले जनाएको छ। स्थानीयका अनुसार उक्त जमिनको मूल्य प्रतिबिघा करिब डेढ करोड रूपैयाँ छ ।
संस्थानले जगन्नाथसहित सोही गाविसमा कौशलकिशोर दासको नाममा रहेको थप ११ बिघासहित कुल करिब १८ बिघा जमिनको जग्गा धनी दर्ता स्रेस्ता मन्दिरको नाममा तयार गर्न मालपोत कार्यालय रूपन्देहीलाई पत्राचार गरेको छ। कौशलकिशोर जगन्नाथअघिका महन्त हुन्। उनको मृत्यु भइसकेको छ। संस्थानका प्रमुख प्रशासक नारायण चौधरीका अनुसार महन्तले मन्दिरको जमिन आफ्नो नाममा सारेको प्रमाणित भएपछि उक्त जमिन महन्तको नामबाट बदर गरेर मन्दिरको नाममा पुर्जा बनाउन मालपोत कार्यालय रूपन्देहीलाई पत्राचार गरिएको छ। चौधरीले भने, ‘अन्य जिल्लामा पनि महन्तको नाममा भएको जमिन खोजी भइरहेको छ।’
तत्कालीन हर्नैया गाविस वडा नं. १ मा कित्ता नं. २३० को दुई बिघा १९ कट्ठा १० धुर, कित्ता नं. ३२४ को एक बिघा ११ कट्ठा, कित्ता नं. ३३० को दुई कट्ठा ६ धुर, कित्ता नं. २५५ को दुई बिघा १२ कट्ठा सात धुर जमिन महन्तले आफ्नो नाममा दर्ता गरेको भेटिएपछि संस्थानले उक्त जमिनको पुर्जा मन्दिरको नाममा बनाउने भएको हो।
साबिक मुलुकी ऐन गुठी महलको १० र ११ तथा प्रचलित जग्गा निर्दे्शिका २०५८ को दफा १४३, १४४, १४५ एवं प्रचलित गुठी संस्थान ऐन, २०३३ को दफा ५० र ५२ लाई आधार बनाएर मन्दिरको नाममा ल्याउन संस्थानले मालपोत कार्यालयलाई पत्राचार गरेको हो।
ने प्रक्रिया सुरु भएको मालपोत कार्यालय रूपन्देहीका प्रमुख कुमार आचार्यले बताए। ‘गुठी संस्थानले महन्तको नाममा रहेको जमिनको मन्दिरका नाममा स्रेस्ता, पुर्जा संशोधन गर्न पत्राचार गरिसकेको छ,’ आचार्यले भने, ‘विद्यमान ऐनअनुसार मन्दिरको नाममा स्रेस्ता कायम गर्छौं।’
गुठीमातहतका सरकारी जग्गा बिक्री गरेर दुरूपयोग गरेको आरोप लागेपछि संस्थानले महन्तलाई निलम्बन गरेको छ। महन्तले रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ को गुठी जग्गा आफ्नो नाममा रैकरतर्फ दर्ता गरी व्यक्तिलाई बिक्री गरेको नापी कार्यालय रूपन्देहीको छानबिनबाट प्रमाणित भइसकेको छ। महन्तको नाममा रहेको जग्गा बिक्री गर्न गुठी संस्थनले यसअघि नै रोक लगाएको थियो। संस्थानले १० जिल्लाका मालपोत तथा भूमिसुधार कार्यालयलाई पत्राचार गरी रोक लगाएको हो।
थप जग्गा बिक्री नगरुन् भनेर महन्तका नाममा रहेको जग्गा बिक्री गर्न रोक्का गरेको संस्थानले जनाएको छ। लक्ष्मीनारायण मठ मटिहानीअन्तर्गत महोत्तरी, धनुषा, रूपन्देही, सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही र नवलपरासीमा जमिन रहेकाले ती सबै जिल्लाका मालपोत कार्यालयलाई संस्थानले पत्राचार गरिसकेको छ।
जगन्नाथले रूपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेका छन्। गुठीको जमिन बिक्री गरेको र कानुनविपरीत करोडौं रूपैयाँ पर्ने जमिन आफ्नो नाममा दर्ता गरेको प्रमाणित भए पनि गुठी संस्थानले महन्तलाई पदमुक्त भने गरेको छैन। कारबाहीबाट जोगिन उनी राजनीतिक शक्तिकेन्द्र धाइरहेका छन्।संस्थान प्रमुख चौधरीले महन्तलाई कानुनअनुसार थप कारबाही हुने बताए। महन्तलाई निलम्बन गरेको कात्तिक १२ गते तीन महिना पुग्छ। अहिलेसम्म पदमुक्त नगर्दा संस्थानको उच्च नेतृत्वसँग मिलेमतो रहेको हुन सक्ने संस्थानका एक अधिकारीले बताए। ‘आरोप प्रमाणित हुँदा पनि महन्तलाई पदमुक्त नगर्दा प्रश्न उठेको छ,’ ती अधिकारीले भने, ‘महन्तलाई तत्काल पदमुक्त गरिनुपर्छ।’
पर्सामा महन्तको नाममा रहेको चार बिघा आठ कट्ठा जमिन बिक्री गर्न लागेको सूचनापछि यसअघि नै मन्दिरको नाममा ल्याइसकिएको छ। महन्तले मठमन्दिरको जमिन आफ्ना नाममा बनाउन गुरु कौशलकिशोर दास वैष्णवलाई बाबु बनाएर नागरिकता लिएका थिए। बाबुको मृत्युपछि जग्गा जमिन स्वतः छोराका नाममा जाने भएकाले जगन्नाथले कौशलकिशोरलाई बाबु बनाएर नागरिकता लिएका हुन्। स्रोत नागरिक दैनिक



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 comments:

Rb sah said...

जनता ले दिएको जमीन भने पछि दान गरेको जमीन फिर्ता लीन मिल्छ त्यसो भए ?