पटक पटक विवादमा फस्दै समाजिक विकास मन्त्री


प्रदेश नम्बर २का समाजिक विकास मन्त्री नवलकिसोर साह निकै विवदित बन्दै आएको छ। कहिले आफनो बोलिमाथि लगाम नभएको कारणले विवाद बन्दै आएका छन भने कहिले आफनो अमर्यादित क्रियाकिलापको कारणले विवाद बन्दै आएका छन। पछिल्लो पटक आफनै क्षेत्रका स्थानिय जनताबाट लखेटिएको कारणले विवादित बनेका छन । मन्दिरका पुजारीलाई इटाले हान्न खोजेपछि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई सर्वसाधारणले लखेटेका छन् ।

प्रदेश सरकारको लगानीमा जिर्णोद्वार हुँदै गरेको हनुमाननगर कंकालिनी नगरपालिका–३ हनुमान मन्दिरका पुजारी राममनोहर दासलाई इट्टाले हान्न खोजेपछि बुधबार मन्त्री साहलाई लखटेको स्थानीय संजिव यादवले बताए ।पुजारीले काम गुणस्तर हिन भएको भन्दै रोक्न आग्रह गरेपछि मन्त्री साहले उनलाई गालि गर्दै ईट्टाले हान्न खोजेपछि जम्मा भएका युवाहरुले उनलाई लखटेको यादवको भनाई छ ।
सोही वडाका अध्यक्ष विजय यादवले पनि मन्त्री र पुजारीका बिचमा विवाद भएको बताए । मन्त्रीका छोरा तथा हनुमानगर कंकालिनी नगरपालिकाका मेयर शैलेस साहले निर्माण काम र उपभोक्ता समितिको विषयलाई लिएर विवाद भएको स्विकार्दै मन्त्रीलाई लखटेको कुरा गलत भएको बताए ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: