जनता आवास आवासमा सहमति जुटेपछि,विनियोजना विधेयकमाथि सिद्धान्तीक छलफल (भिडियो पनि)


प्रदेश नम्बर २को प्रदेश सभामा नेपाली काग्रेस नेकपासंग आवद्ध रहेका प्रदेश सभा सदस्यहरुले सरकारले संचालनमा ल्याएको जनता आवास कार्यक्रममा सर्वदलिय प्रतिनिधित्वको मांग गर्दै प्रदेश सभाको बैठक अवरोध गरेको छ। बैठक सुरु हुना साथ नेपाली काग्रेसका र नेकपाका प्रदेश सभा सदस्यहरुले आ आफनो ठाउबाट उठेर विरोध गरेका थिए ।
प्रदेश सभाको बैठकमा बोल्दै नेकपाली काग्रेसका शिवचन्द्र चौधरीले सरकारले पटक पटक आफुहरुसंग जनता आवास कार्यक्रममा समिति गठन गर्दा सर्वदलिय प्रतिनिधित्वको कुरा गर्ने तर व्यवाहारमा लागु नगरेको प्रति आपति जनाउनु भयो । त्यसैगरि नेकपाका सुन्दर बहादुर विश्वकर्माले समेत सरकारले जनता आवास कार्यक्रमा प्रतिपक्षी दलहरुको सहभागिता नगराएर अपमानित बनाउने कार्य गरेको आरोप लगाउनुभयो ।
दुई पार्टीको विरोध पछि बोल्दै भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार विकासको लागि सबै दलहरुसंग सहकार्य गरेर अगाडि बढन तयार रहेको बताउनुभयो । उहाले यसको लागि जनता आवास कार्यक्रमको निर्देशकिामा आवश्यक परिवर्तन गर्न समेत तयार रहेको जानकारी दिनुभयो ।
मन्त्री सोनलको आश्वासपछि दुवै पार्टीले विरोध छाडेर प्रदेश सभा संचालन गर्न दिएको थियो । विहान ११ बजेको लागि बोलाइएको प्रदेश सभाको बैठक करिब सवा ५ बजे सुरु भएको थियो । सरकार र विपक्षी दलहरु बिचमा सहमतिको लागि बैठक पटक पटक सारिएको थियो । जनता आवास कार्यक्रमको संयोजक प्रदेश सरकारले बनाउने र सदस्यहरुमा सबै दलका प्रतिनिधित्व हुने सहमति भएको थियो । तर प्रत्येक निर्वाचन क्षेत्रमा समान रुपमा रकम पठाउने र प्रदेश सभाको सदस्यहरुको सिफारिसको आधारमा योजना छनौट गर्ने सहमति भएको थियो ।
यताप्रदेश सभाको बैठकमा सांसदहरुले प्रदेश नम्बर २ मा आएको बाढिबाट भएको क्षतिको यर्थात जानकारी दिन सरकारसंग मांग गरेको छ। प्रदेश सभाको बैठक सुरु हुना साथ नेपाली काग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशमा आएको बाढिबाट भएको क्षतिको विवरण र राहत वितवरणको विषयमा जानकारी दिन सरकारसंग मांग गरेको थिए । त्यसैगरि नेकपाका प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्माले समेत बाढिबाट भएको क्षतिको विषयमा जानकारी उपब्ध गराउन सरकारसंग मांग गर्नु भएको थियो ।
विपक्षीहरु सांसदहरुले उठाएको विषयमा जानकारी दिदै भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश अहिले बाढि पिरितो समस्याबाट त्रसित रहेको जानकारी दिदै प्रदेश सरकार संघीय सरकारसंग समन्वय गरेर राहत र उद्धारको कार्यमा लागेको जानकारी दिनुभयो ।
प्रकिृति प्रकोपबाट प्रदेशको जनता त्रसित रहेको बताउदै मन्त्री सोनलले सरकार प्रदेशको जनताको दुखको घडिमा साथ रहेको बताउनुभयो । प्रदेश सभामा जनता आवास विषयमा विपक्षी दलहरु बिचमा सहमति भएपछि विनियोजना विधेयक माथिको सैद्धान्तिक छलफल सुरु भएको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: