गएराति परेको अत्याधिक पानीको कारणले जनकपुर जलमग्न बनेको छ ।फोटो फिचर

गएरातिदेखि निरन्तर परिरहेको पानीले जनकपुरधाम जलमग्न भएको छ। सरकारी कार्यालयहरुमा पानी जमेका कारण कार्यलय संचालनमा समस्या देखिएको छ।साथै सवारी साधन र सर्वसाधारणहरुलाई आवतजावतमा समस्या भएको स्थानीयको गुनासो रहेको छ। जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण वर्षाको  पानी निकास हुन नसक्दा जनकपुरको बजार क्षेत्र जलमग्न भएको हो।
जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल, रामानन्दचोक, जनकपुर अंचल अस्पताल, जिल्ला प्रहरी कार्यालय लगायतको स्थान जलमग्न भएको छ । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले टुडेपाटीलाई जानकारी दिनुभयो ।
अविरल वर्षाले जनकपुर लगायत तराई मधेशका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।





SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: