जलमग्न जनकपुर (फोटो फिचर)


तीन दिनदेखिको अविरल परेको वर्षाले जनकपुरको अञ्चल अस्पताल, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय जालम्य भएको छ । शुक्रबार बिहानसम्म पनि पानी पर्न रोकिएको छैन । स्थानीयको घर र पसलमा समेत पानी जमेको छ । पानीले गर्दा चहलपहल कम भएको छ भने घरभित्र पानी पस्ने चिन्ताले स्थानीयलाई सताएको छ । जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल,मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जनकपुर अंचल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय लगायतको परिसर वर्षाको पानीले जलमग्न बनेको छ । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।यसैगरी वर्षाका कारण जनकपुरको वडा नम्बर १,२, ३,१०,११ लगायतका वडाहरु डुबानमा परेपछि जनजीवन कष्टकर बनेको छ। यी वडाहरूको घरभित्र पानी छिरेपछि स्थानीय समस्यामा परेका छन्। जनकपुरधाम उपमहानगरपालिका कार्यालयकै अगाडि सडकमा पानी जमेको छ भने भानुचोक, शिवचोकलगायतका सडकहरु जलमग्न देखिएको छ।अविरल वर्षाले जनकपुर लगायत तराई मधेशका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।






SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: