पोशाकमा २१ लाख, नगरपरिषदमा ३० लाख खर्च


जनकपुर उपमहानगरपालिकाका विभिन्न शिर्षकहरुमा अनियमितता भएको छ। नगर सभामा जनकपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको खर्चको बोर्ड सदस्यहरुले नै अपादर्शी रुपमा खर्च भएको जनाएको छ। नेपाली काग्रेस सहितका बोर्ड सदस्यहरुले अत्याधिक रुपमा नगर पालिकाले रकम खर्च गरेको छ। कतिपय खर्चहरु अप्रत्याशित देखिएको उनिहरुको दावि गरेको छ।
जनकपुरधाम उपमहानगरपालिकाले प्रशासन कर्मचारी र बारुणयन्त्र र नगर प्रहरी कर्मचारीको पोशाकमा मात्रै २१ लाख ७४ हजार ६सय ४९ रुपैया खर्च भएको छ। जनकपुरधाम उपमहानगरपालिकालेले विभिन्न शिर्षमा निकै अनियमितता भएको बोर्ड सदस्यहरुको नै आरोप रहेको छ। त्यसैगरि नगरपाििरष्द संचालनमा समेत अप्रत्याशित रुपमा रकम खर्च भएर अनियमितता भएको छ। नगरपरिषद संचालनमा मात्रै ३०लाख ४३ हजार ७सय ७५ रुपैया खर्च भएको देखिएको छ। जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न शिर्षकहरुमा अत्याधिक रुपमा अनिमितता भएको बताइएको छ।
राजपाका नेताहरु नं असंतुष्ट
जनकपुरधाम उपमहानगरपालिकामा भएको अनियमिता खर्च र विकासको कार्यले गति लिन नसकेपछि राजपाका नेताहरु नै असनुंष्ट बनेका छन। जनकपुरधाम उपमहानगरपालिकामा राजपाका बुहमत रहेको छ। तर बहुमतको कारणले गर्दा नै अन्य पार्टीका प्रतिनिधिहरुलाई पेलेर मेयर लालकिसोर साह जाने गरेका छन। विकासको कार्यको कारणले जनकपुरका स्थानियवासी देखिलिएर राजपाका नेताहरु नै असतुंष्ट बनेका छन। समान्य वर्षमा समेत नगर डुबान भएपछि राजपाका नेताहरु खुलेर सामाजिक संजालमा मेयरको विरोध गरिहेका छन। राजपाका नेता एवं प्रवक्ता कृष्णा सिंहले समाजिक संजालमा लेखेका छन प्रदेश २को प्रस्तावित राजधानी जनकपुर डुबान मा र एडिबी प्रयोजनमा भ्रष्टाचार अब के प्रमाण चाहियो ।त्यसैगरि राजपा नेपालका नेता राजु चौधरीले समाजिक संचालनमा लेखेका छन जनकपुरधाम बर्षा ले अस्तव्यस्त र कष्टकर बनेको अवस्था छ, टोल,घर, सडकहरू डुवानमा पहिला जस्तै देख्न सकिन्छ, तर अर्ब भन्दा बढी को विकास कता हराए...?? सडक,नाला, ड्रेनेज को कामहरू प्रयाप्त मात्रा मा भए को नै हो तर नतिजा सुन्यता झैं देखिन्छ,त्यसै ले फोटो,मिडिया बाजि हरू भन्दा, जिम्मेवारी तर्फ जनप्रतिनिधि हरू उन्मुख होस,नाला,ड्रेनेज.. इत्यादि हरू उपर पहिला देखि नै ध्यान पुर्याउनु पर्छ.... ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: