हंसपुर नगरपालिकाको विभिन्न योजनाहरुमा अनियमितता


धनुषाको हंसपुर नगरपालिकाको विभिन्न योजनाहरुमा व्यापक अनियमितता भएको छ। विवादित नगरपालिकाको रुपमा रहेको हंसपुरमा निकै अनिमियतता भएको छ।  सार्वजनिक खरिद ऐन २०६३को दफा ८मा सार्वजनिक निकायले खरिद गदा खरिदको प्रकृति र मुल्यको आधारमा बोलपत्र,सिलबन्दी दरभाउपत्र,सोझै खरिद उपभोक्ता समिति परिचालन लगाष्तका १० वटा विधि पनि पुरा नगरि खर्च गरिएको छ। नगरपालिकाले खुला दिसामुक्त कार्यक्रममा वडा नम्बर २का प्राविधिक सकाय सत्यनारयाण यादवलाई १लाख ४४ हजार ४सय १५ रुपैया खर्च दिइएको छ। कर्मचारीहरुलाई समेत खुसी पार्नको लागि विभिन्न गलत पक्र्िरयाहरुलाई अवलम्बन गरेर खर्च दिने गरिएको छ। यादवलाई सो बराबरको रकम दिइएको छ। तर वडामा कति शौचालयको निर्माण भएको विषयको कुनै विवरण समेत नरहेको बताइएको छ। महालेखा परिक्षकले उक्त वडामा कार्यक्रममा वडामा कतिप शौचालय बनेको कति नबनेको जस्ता सामान्य विवरण समेत तयार नगरि सभा,समारोहमै खर्च गरेको देखिएको छ। उक्त कार्यक्रमले खुला दिसा मुक्त गर्न कतिपय सहयोग गुगेको छ सोको विश्लेषण समेत भएको नदेखिएको बताइएको छ। हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डललेको प्रत्यक्ष संग्लनतामा अनियमितता भएको देखिएको छ। फरक उदेश्य भएको संस्थाललाई फरक उदेश्यको कार्यक्रम दिइएको छ। सार्वजनिक खरिद नियमावली २०६४को नियम ८६मा निर्माण कार्यक सम्पादन गर्दा निर्माण व्यवसायीसंग खरिद समझौता बमोजिम कार्यक सम्पादन गर्न आवश्यक योग्यता भए नभएको यकिन गर्नुपर्ने व्वस्था रहेको छ। तर स्टार डिप बोरिंग निर्माण सेवा धनुषाको उद्योग दर्ता गर्दा उदेश्यमा डिप बोरिंग गर्ने उल्लेख भएकोमा बाटो गा्रभेलको काम २लाख ८८ हजार ९सय ३७ रुपैया भुक्तानी गरेको देखिएको छ। यसरी दर्ता विपरितको काम गर्ने गरि गरेको खरिद सम्झौता एवं सोमा भएको खर्च अनियमितता देखिएको छ। त्यसैगरि हंसपुरमा शिवमन्दिर धर्मशाला निर्माणका लागि शिवमन्दिर धर्मशाला निर्माण उपभोक्ता समिति गठन भई सकेको अवस्थामा नगरपालिकाले आफनो कार्यक्रम अनुसार भुक्तानी दिदा उक्त समितिलाई दिनुपर्नेमा सतिश जेनरल स्टोर्सलाई ३लाख ९१ हजार १सय ५४ भुक्तानी दिइएको देखिएकाले उभोक्ताको काम अन्य पार्टीलाई भुक्तानी दिइएको छ । सो कानुनी रुपमा नै नमिल्ने र अनिमियतता देखिएको छ। कमिसनको खेलको कारणले यस्तो अवस्था आएको स्थानियवासीहरुको कथन रहेको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: