मटिहानी मन्दिरका मान महन्थ निलम्बीत


महोत्तरीको मटिहानी मन्दिर अधिनस्त रहेको गुठि संस्थानको विभिन्न बहुमुल्य  जग्गाहरु अवैध रुपमा बिक्री गरेको आरोपमा मटिहानी मन्दिरका महन्थ जगन्नाथ दासलाई  महन्थ पदबाट निलम्बन गरिएको छ । दासले जनकपुर सहित भैरहवा लगायतका स्थानमा रहेको गुठिको जग्गा व्यक्तिलाई बेचेको आरोपमा महन्थलाई निलम्बन गरिएको हो । गुठि संस्थान संचालक समितिका अध्यक्ष मीनराज चौधरीले गठि अधिनस्त जग्गाहरु बिक्री गरि दुरुपयोग गरेको उजुरी परेको र रुपन्देहीको भैरहवा स्थीत ३ कठठा भन्दा बढि जग्गा बिक्री गरेको कारणले निलम्बीन गरिएको जानकारी दिए ।उनले महन्थ दासलाई पटक पटक बोलाउदा पनि सम्पर्कमा नआएको र स्पष्टीकरणको चितबुझदो जवाफ समेत दिएका कारण उनलाई तत्कालका लागि निलमब्न गरिएको जानकारी दिए । यहि असार २२ गते गुठि संस्थान संचालक समितिको बैठकले अर्को निर्णय नभए सम्मको लागि दासलाई निलम्बन गरिएको हो । गुठि संस्थानको निर्णय विरुद्ध मान महन्थ दास सर्वोच्चमा जाने तयारीमा रहेको स्रोतले बताएको छ । कर्मचारीकै मिलोमतोमा मठमन्दिरका जग्गा आफ्नो नाममा गराईसकेका महन्तले करोडौं मूल्य पर्ने सार्बजनिक सम्पत्तिको खुलेयाम दुरुपयोग गरिरहेको आरोप लागेको छ । मठमन्दिरका महन्त दास बैष्णवको नाममा रहेको जग्गा बेच्न नपाउँने कानुनी प्राबधान रहेपनि रुपन्देहीको सिद्धार्थ नगरनगरपालिका गल्लामन्डी स्थित रामजानकी मन्दिरले भोगचलन गर्दै आएको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर जग्गा पनि मानमहन्त जगन्नाथदास वैष्णवले वैशाख १६ गते बेचेका थिए ।भैरहवा सिद्धार्थनगरकै उदयमान पाण्डे र सञ्जय प्रसाद पाण्डेलाई मालपोत कार्यालयमा ६१ लाख रुपैयाँमा बिक्री गरेको भएपनि सो जग्गाको चलनचल्ती मुल्य तीन करोड रुपैयाँ भन्दा बढी छ । सिद्धार्थनगरको रामजानकी मन्दिर, लक्ष्मीनारायण मठ मटिहानीको शाखा हो । निजि आर्जनबाट खरिद गरेको भैरहवाको जग्गा आफुले बेचेको महन्थ दासले स्वीकार गरेका छन । सो जग्गा सम्बन्धी रुपन्देहीका स्थानिय प्रशासन र गुठि संस्थानले छुटटा छुटटै टोली गठन गरि छानविन गरिरहेकै क्रममा दास निलम्बमा परेका हुन । महोत्तरीको मटिहानी स्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथदास वैष्णवले अहिले जनकपुरधामको पगलावाबा धर्मशाला नजिकको  बहुमुल्य जग्गा पनि बेची रहेको आरोप छ । चलन चल्तीको प्रति धुर १० लाख भन्दा बढि मूल्य रहेको ७ कठा ५ धुर भन्दा बढि जग्गा कपाली तमसुकमा सहिछाप गरेर खुलेयाम बेचिरहेका उनि निकट स्रोतकै दावि छ । पगलाबाबा धर्मशाला नजिकको जग्गा पनि निजि आर्जनबाट खरिद गरेको र आफनो व्यक्तिगत रहेको महन्थ दासको दावि छ ।
साविकमा दशरथ मन्दिरको नाममा रहेको सो जग्गा नापीटोली र मालपोतका कर्मचारीको मिलोमतोमा मटिहानी मठका तत्कालीन महन्त कौशलकिसोरलाई बुवा कायम गरी २०४४ सालमा आफ्नो नाममा रजिष्ट्रेशन गराएको नापि कार्यालयको श्रेस्तामा  देखिन्छ । २०२६ सालको श्रेस्तामा कौशल किसोर दास जग्न्नथ दासको गुरुको रुपमा उल्लेख भएपनि ०४४ सालको नापी टोलीले कौशलकिसोर लाई जगन्नथको बुबाको रुपमा उल्लेख गरेको छ ।
मानमहन्त दासले मठमन्दिरका सार्बजनिक जग्गा नापी, मालपोत र गुठिका कर्मचारीको मिलोमतोमा २० वर्ष यता २५ बिघा भन्दा बढि बहुमुल्य जग्गा बिक्री गरेको महन्त निकट श्रोतको दाबी छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: