प्रदेशका मन्त्रीहरु बिच अनियमितताको प्रतिस्पर्धा चलि रहेको छ ः पूर्व मन्त्री यादव


नेपाली कांग्रेसले प्रदेश दुई सरकारको मन्त्रीहरु बिचमा अनियमितता गर्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएको छ ।पार्टीले सरकारको अधिकांस मन्त्रीहरु अहिले अनियमिततामा लिप्त रहेको आरोप लगाएको छ। 
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री महेन्द्र यादवले जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश दुईका मन्त्रीहरु बिच कसले कति अनियमितता गर्न सक्छ प्रतिस्पर्धा चलिरहेको आरोप लगाउनुभयो । उहाले विकास निर्माणमा लाग्नु भन्दा पनि कसरी आफ्नो ढुकुटी भर्ने खेलमा मात्रै लागेको बताउनुभयो ।उहाले प्रदेशमा भईरहेको अनियमितताको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आग्रह गर्नुभयो । 
प्रदेश सरकार भ्रष्ट प्रदेशको रुपमा अगाडी बढि रहेको बताउँदै उहाले संघियतालाई प्रदेश दुई सरकारले बदनाम गर्न लागि परेको आरोप लगाउनुभयो ।
 प्रदेश सरकार संघियता आएपनि पुरानै जिविसको शैलीमा अनियमित तरिकाले बजेट विनियोजन गरेको उहाको भनाई थियो । पूर्व मन्त्री यादवले असारे बजेटको नाउँमा उपभोक्ता समिति मार्फत प्रदेश सरकारका मन्त्रीहरु आफ्नो कार्यकर्ता पाल्ने कार्य मात्रै गरेको बताउनुभयो । उपभोक्ता समितिको उद्देश्य ठीक रहेपनि गठन प्रकृया ठीक नरहेको उहाको भनाई थियो । उहाले आफ्नो आसेपासेलाई उपभोक्ता समितिमा राखेर कमसल काम गर्ने, बजेट दुरुपयोग गर्ने गरेको आरोप लगाउनुभयो ।मन्त्रीहरु अहिले उपभोक्ता समितिको नाउमा आफनो कार्यकर्ताहरुलाई योजना उपलब्ध गराउने गरिएको समेत आरोप लगाउनुभयो । लक्ष्मीनािया गाउपालिकाको ६मा ३ करोड केन्द्रिय बजेट सडकमा रहेको र निर्माण कार्य भईरहेको अवस्थामा समाजवादी पार्टीका प्रदेश सभा सदस्य चमेली देवि दासले आफनो भतिजा मुकेश दासलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर सोही योजनामा रकम खर्च गरेको  र काम समेत ५० प्रतिशत भन्दा समेत कम भएको आरोप लगाउनुभयो । गोपलपुरमा समेत २ करोडको योजनाको रकम दिएको र उपभोक्ता समितिको अतोपातो समेत नभएको अवस्थामा कमसल काम भएको आरोप लगाउनुभयो ।
आर्थिक वर्षको ११ महिनामा १३ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनामा ४ अर्ब भन्दा बढी बजेट कसरी खर्च भयो होला उनको प्रश्न थियो ।
प्रदेश सरकार भ्रष्टाचारमा पूर्ण रुपमा भ्रष्टाचारमा लिप्त रहेकोले अख्तियारले प्रदेश सरकारको कृयाकलापमाथि छानविन गर्नु पर्ने माग पूर्व मन्त्री यादवले गरे ।
राजनीतिक रुपमा समेत सरकार अग्रसरता देखाउन नसकेको आरोप लगाउँदै उनले संघ सरकारलाई गाली गरेर प्रदेश सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको बताए ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: