हंसपुरमा जनप्रतिनिधिकै संग्लनतामा माटोको काम


धनुषा जिल्लाको हंसपुर नगरपालिकामा जनप्रतिनिधिको मिलोमतोमा व्यापक अनियमितता भएको छ। गत आर्थिक वर्षमा हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डललेको संग्लनतामा माटोको काममा व्यापक अनियमितता भएको छ। सार्वजनिक खरिद ऐन विपरित हंसपुरमा जनप्रतिनिधिलाई लाखौ रुपैयाको माटोको माम दिइएर अयनमितता भएको छ। महालेखा परिक्षकको प्रतिवेदनमा समेत जनप्रतिनिधिको संग्लनताका योजनाको काम सम्पन्न गर्न नपाउने जनाइएको छ।
सार्वजनिक खरिद ऐन २०६३को दफा ८मा सार्वजनिक निकायले खरिद गर्दा खरिदको प्रकृति र मुल्यको आधारमा बालेपत्र ,सिलबन्दी दरभाउपत्र,सोझै खरिद,उपभोक्ता समिति परिचालन लगायतका १० वटा विधि उल्लेख गरेको छ। नगरपालिकाले निर्माण कार्य गरादा खरिद ऐनले निर्धारण गरेको विधि अवलम्बन नगरि जनप्रनिति मार्फत खर्च गरेर १६लाख ८६ हजार ४सय २८ रुपैयाको अनियमितता गरेको देखिएको छ। हंसपुर नगरपालिकाका पालिकाका वडा नम्बर १का अध्यक्ष कामेश्वर कापरल माटो पर्ने काम २लाख ७ सय ७१,वडा नम्बर ७का वडा अध्यक्ष रामसेवक मण्डलले २लाख ४९ हजार ४सय ५७,वडा नम्बर ५ वडा अध्यक्ष शिवशंकर शाहले २लाख१ हजार ८५,वडा नम्बर ९का वडा अध्यक्ष नरेशकुमार मण्डलले १लाख १० हजार ९सय २१,वडा नम्बर ३का वडा अध्यक्ष उदयकुमार सिंहले १लाख २५ हजार ६सय ८१,वडा नम्बर २का वडा अध्यक्ष उदयकुमार सिंहले सडक मर्मतमा ३लाख ५७ हजार ४सय ३३,र सिंहले युवा शक्तिकरण कायक्रम ८४ हजार २सय २५ रुपैयाको कार्यक्रम गरेको छ जनप्रतिनिधि आफैले कुनैपनि योजनाको काम गर्न नपाउने भएपछि हंसपुरका मेयरले विवाद मिलाउने नाउमा उनिहरुलाई रकम बाडेका छन ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: