कार्तिक भित्र उप(निर्वाचन हुने ४७ स्थान


रिक्त रहेका विभिन्न ४७ स्थानमा कार्तिक भित्र उपनिर्वाचन गर्नका लागि निर्वाचन आयोगले तयारी थालेको छ । विभिन्न् ३५ जिल्लाका ४७ स्थानमा रिक्त रहेका प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तहमा कार्तिक अन्तिमसम्म निर्वाचन गरिसक्ने गरि आयोगले तयारी सुरु गरेको हो ।४७ मध्ये ९ स्थानमा बाहेक अरु सबै जनप्रतिनिधिको निधन भएका कारण स्थान रिक्त छ । ५ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वा्चित, १ जनाको राजीनामा र २ स्थान अन्य कारणले रिक्त भएको आयोगले जनाएको छ ।प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३ सांसद, उपमहानगरपालिकाको १ प्रमुख , ३ गाउँपािलका प्रमुख, १ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि निर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगसँग भएको तथ्यांकअनुसार ती स्थानमा ०७४ सालको निर्वाचनमा ४ लाख २५ हजार ७४ मतदाता रहेका थिए । २४१ स्थानमा मतदान केन्द्र रहनेछ ।धरान उपमहानगरपालिका, , फाल्गुनन्द गाउँपालिका पाँचथर, पिपरा गाउँपालिका महोत्तरी, हुम्लाको खार्पुनाथ गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका ३, महोत्तरी मटिहानी नगरपालिका वडा ६ का र ६ जना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वा्चित भएका कारण ती वडा रिक्त छन् ।
पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको निधनपछि उक्त क्षेत्र रिक्त छ । भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछानेको निधन पछि रिक्त रहेको छ । भने बाग्लुङ प्रदेशसभा २ को (ख)का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार वलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: