बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो





वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाढी पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् । देशका अधिकांश भेगमा परेको वर्षाका कारण देशैभरी प्रभाव परेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर १ र २ प्रभावित भएका छन् । देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको तह नाघेको छ । बागमती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने बिन्दुमा पुगेको छ । पूर्र्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला लगायतका नदी आसपासका मानिसहरूलाई समेत सचेत हुन आह्वान गरिएको बताइएको छ ।
कर्णालीमा पहिरो, सबैभन्दा धेरै क्षति प्रदेश २ मा
नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले गयराति डोल्पा, कालिकोट लगायतका जिल्लामा पनि पहिरोका कारण मानिसहरु बेपत्ता भएका र घरहरु समेत बगाएकोले बेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले प्रहरी रातभरी नै सूचना संकलन र उद्धारमा खटिएको जानकारी दिनुभयो । बाढी पहिरोमा परेका मध्ये ११ सय ४ जनालाई उद्दार गरिएको छ । प्रवक्ता पोखरेलले सबैभन्दा धेरै बाढि र डुबानका कारण प्रदेश २ मा क्षति भएको र एकिन तथ्यांक आउन भने बाँकी रहेको जानकारी दिनुभयो । उहाँले पहाडी र मध्य पहाडी क्षेत्रमा पनि पहिरो र वर्षाका कारण ठूलो क्षति भएको तर एकिन विवरण भने आइनसकेको बताउनुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: