लगातारको वर्षा ः तराईमा डुबान, पहाडमा पहिरोको उच्च जोखिम


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापिय रेखा ९ःयलकययल त्चयगनज० नेपालको तराई भू – भागमा अवस्थित छ । यो सँगै मध्य र पुर्वी  भूभागमा  रहेको न्यून चापिय क्षेत्रका कारण आगामि २÷३ दिनसम्म मनसुन अति सक्रिय ९ ख्भचथ ब्अतष्खभ०  भइरहने सम्भावना छ । लगातारको वर्षासँगै बाढि र पहिरोको उच्च जोखिम रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको महाशाखाले जनाएको हो । हिजोदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । पर्सी आइतबारसम्म देशका अधिकांश भू–भागमा मनसुन सक्रिय हुने भएकाले जोखिम बढेको मौसमविद् मञ्जु बासीले सीआइएनसँग बताउनुभयो । देशका अधिकांश भू–भागमा बदली र भारी वर्षाको सम्भावना भएकाले सबैजसो नदीमा बाढीको जोखिम उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीबाट खासगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५, ६ र ७ को तराईका केही होचा स्थानमा डुबान हुनसक्ने सम्भावना रहेको बताइएको छ । देशभर वर्षा र बाढीको सम्भावनाबाट सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज, भोली (शनिबार) र पर्सी आईतबार नदि आसपासको क्षेत्रमा रहेका वस्तीमा बाढि आउने जोखिम र अन्य स्थानमा पहिरो जाने सम्भावना रहेकाले सतर्क रहनु पर्ने महाशाखाको आग्रह छ । देशको पश्चिम क्षेत्रमा पनि बाढि पहिरोको सम्भावना उच्च रहेको छ । लगातारको वर्षासँगै कोशि, कर्णाली र त्रिशुली नदिमा पनि पानीको बहाब बढेको छ । त्यससँगै अन्य नदिहरुमा पनि पानीको बहाब बढ्दा लाखाँै वस्ती ढुवानको जोखिममा परेका छन् । महाशाखाका अनुसार काठमाडौँ उपत्यका लगाएत देशका तराई भूभागहरु (विशेष गरि सर्लाही धनुषा महोत्तरी सिन्धुली, रौतहट, बारा, पर्सा तथा यसका आसपासका क्षेत्रहरुमा हिजो हावाहुरी सहितको वर्षा भएको थियो । काठमाडौं उपत्यकामा केहिदिनदेखि निरन्तर वर्षा भइरहेको छ ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: