असारमा मेयर कप,जनकपुर नगरपालिकाले झवाम पारे २९ लाख

जनकपुरधाम उपमहानगरपालिकाले असार अन्त्यमा झरीकैबीच प्रदेश स्तरीय मेयर कप बृहत प्रतियोगिता आयोजना गरेर खेलकुदमा जात्रा देखाएको छ । जसरी पनि बजेट सक्ने उद्धेश्यले असार २३ गतेदेखि प्रतियोगिता शुरुवात भएको भनियो । तर समापन हुनु एकदिन अगाडि २५ गते मात्रै प्रतियोगिताको उद्घाटन भयो।
मेयर कपका लागि जनकपुर उपमहानगरले नगरसभाबाट ५४ लाख रुपैँया पारित गरेको थियो । यस अघि मेयर कपकै नाममा कसैलाई थाहै नदिई १० लाख रुपौया खर्च भएको देखाइएको छ भने उपमहानगरले अहिले थप २० लाख रुपैँया खर्च गरेको छ । मौसम अनुकुल नहुदा पनि पैसा सक्नकै लागि प्रतियोगिताका नाममा रकम रकम दुरुपयोग गरिएको जनप्रतिनिधीकै आरोप छ ।प्रतियोगितामा एक सय ८२ मेडलका लागि धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायत प्रदेश २ का आठवटै जिल्लाका ६ सय भन्दाबढि खेलाडी सहभागी भएको आयोजकको दाबी छ । तर भद्रगोल र झरीका कारण खेलाडीले राम्रो खेल प्रदर्शन गर्न त पाएनन् नै, उनीहरुले खान र बस्न समेत समस्या झेल्नु पर्यो ।
वर्षभरि कामै नगर्ने तर असारको अन्त्यमा बजेट सक्नकै लागि जनकपुर उपमहानगरले प्रतियोगिताका नाममा झारा टार्ने काम गरेको छ । यसरी जथाभावी लाखौं रुपौया खर्च गर्नु रकमको दुरुपयोग त हो नै, खेलकुदकै अबमुल्यन समेत हो ।  असारको अन्तिम महिनाको बजेट अनियमितता गर्नको लागि खेलको आयोजना गरिएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: