बर्षाका कारण ११ जनाको मृत्यु , ८ जना वेपत्ता

हिजोदेखि जारी अविरल वर्षाका कारण काठमाण्डौंमा ३ जना सहित देशभर ११ जनाको मृत्यु भएको छ । ८ जना भन्दा बढी बेपत्ता भएका छन् । काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उहाँका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन् । बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको प्रहरीले जनाएको छ । काभ्रेमा २ जनाको , ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एक, एक जनाको मृत्यु भएको छ । काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन् ।  खोटाङमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । जनकपुर महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बर्षाका कारण जनजीवन प्रभावित भएको  छ । तराइका अधिकाशंक जिल्ला डुवानमा परेको छ । निरन्तरको पानीका कारण पहाडी जिल्लामा पहिलोको खतरा बढेको छ । आज बिहानैदेखि मौसमविदहरुले सचेत रहन आग्रह गरिरहेका थिए । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने प्रति श्रदाञ्जली व्यक्त गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज सामाजिक संजाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट नागरिकको मृत्यु भएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।  बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको प्रधानमन्त्रीले ट्विटरमा लेख्नुभएको छ । 


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: