आइतबारसम्म पानी परिरहने

निरन्तरको झरी आइतबार सम्म जारी रहने मौसमविदले जनाएका छन् ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशको मध्य र पूर्वी भेगमा लगातार र भारी वर्षा जारी रहने छ । पश्चिमी क्षेत्रमा पनि मौसम बदली भइरहने मौसमविदले जनाएका छन् । सोमबारदेखि भने मौसममा सुधार हुनसक्ने छ । मौसमविद मीनकुमार अर्यालका अनुसार आइतबार सम्म यस्तै अवस्था रहन्छ ।  मनसुन अहिले पूरै नेपालमा केन्द्रित भएकाले वर्षा बेला, बेलामा केही बेर रोकिए पनि निरन्तर भइरहनेछ । वर्षातसँगै हावाहुरी आउने संभावना पनि रहेको मौसमविदले जनाएका छन् ।  पूर्वी र मध्य पहाडी क्षेत्रका भू भागमा पहिरोको जोखिम रहेको र तराई क्षेत्रका नदीहरुमा पानीको बहाव र स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ । महाशाखाले देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने जनाएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: