विभिन्न क्षेत्रका राजमार्ग अबरुद्ध

अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रका राजमार्ग अबरुद्ध बनेका छन् । सडकमा पहिरो खसेका कारण राजमार्ग अबरुद्ध बनेको छ ।  प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डमा बाटोमा पनि साना गाडी नचल्ने अवस्थामा छन् । पूर्वपश्चिम राजमार्गकै सनुसरी रामधुनी ६ मा पनि सडक अबरुद्ध छ । धनकुटा पाख्रिवाट ७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी चुवाचुङ सडकखण्ड पनि ठप्प भएको छ ।  ओखलढुंगाको मानेमञ्ज्याङ ७, सिन्धुलीको गोलञ्चोर ५ र रामेछापको मन्थली ६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ । देशभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतलाई सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न पनि गृहले निर्देशन दिएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: