बाग्मती र लालबकैया नदीको बाँध फुट्दा ७० घर परिवार विस्थापित

रौतहट भएर बग्ने दुई ठुला नदिको बाँध फुट्दा ७० घर परिवार विस्थापित भएका छन् । पश्चिम तर्फको लालबकैया र पूर्वतर्फ रहेको बाग्मती नदीको दक्षिण भेगमा बाँध फुट्दा त्यस क्षेत्रका नागरिक विस्थापित भएका छन् । रौतहटको गढिमाई नगरपालिका–३ लक्ष्मिपुर र दुर्गाभगवती गाउँपालिकाको बडहरवामा बाग्मती नदीको बाँध फुट्दा ४५ घर परिवार विस्थापित भएका छन् । उनीहरु सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । यस्तै ईशनाथ नगरपालिका–१ बन्जरामा लालबकैया नदीको बाँध फुट्दा २५ घर परिवार विस्थापित भएका छन । बाँध फुटेर घर भित्र पानी पसेपछि उनीहरु उच्च स्थानका जमिन र आफन्तको घरमा शरण लिन पुगेका छन् । राजपुर नगरपालिका–९ फतुवा पुलको पश्चिमतर्फको नहरको बाँध फुट्दा बैरीया गाउँ पनि जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले प्राकृतिक बिपदबाट मानबीय क्षती हुन नदिन सुरक्षा संयन्त्र क्रियाशिल रहेको बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: