कमला नदीले बगाएर एकको मृत्यु, तीन बेपत्ता

सिन्धुलीको दुधौली नगरपालिका डकाहा कमला नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षीय कार्वन कापडीको मृत्यु भएको हो । सुतेको घरमै बाढी पसेर ६ जना बगाएका मध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।
कमला नदीले बगाएर बेपत्ता हुनेमा एक वर्षका सर्जन कापडी, ७ वर्षीय आँधी कापडी र ६० वर्षिया मरणी कापडी रहेका छन् । वेपत्ता हुनेको खोजबिन भैरहेको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । यस्तै बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका १ को कमेरेमा पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा एकजना जीप चालक गम्भिर घाइते भएका छन् ।
यसैबीच बीपी राजमार्गको ठाउँ ठाउँमा पहिरो खसेर आज पनि सडक अवरुद्ध बनेको छ । गोलन्जोर गाउँपालिका ५ को सोलाभन्ज्याँङ र खनियाँखर्क नजिक पहिरो खसेर हिजो विहानैदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो । माथिल्लो बारामा समेत पहिरो खसेर सडक अवरुद्ध बनाएको छ । पानी परिरहेकाले पहिरो सफा गर्न कठिनाही उत्पन्न भएको छ । यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ६ को हैवारमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । अविरल वर्षापछि कमला नदीमा आएको बाढीले दुघौली नगरपालिकाको खेतीयोग्य जमिन कटान शुरु गरेको छ । मरिण र चदाहा खोलाले समेत कटान शुरु गरेको स्थानीयले बताएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: