सबैभन्दा बढि प्रभावित प्रदेश नम्बर २, ३ र १ ः उद्धार र राहतमा सक्रिय प्रदेश सरकारहरु


बाढी र पहिरोका कारण देशभरीको जनजीवन प्रभावित छ । सबैभन्दा बढि १, २ र ३ नम्बर प्रदेशमा बाढी पहिरोले क्षति पु¥याएको छ । प्रदेश सरकारले बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतको काम तिव्रताका साथ भइरहेको बताएको छ । प्रदेश नम्बर १ ले बाढिपहिरो प्रभावित क्षेत्रहरुमा स्थलगत अनुगमन गरी राहत वितरण सुरु गरेको  छ । प्रदेश सरकारले लगातार वर्षासँगै आएको बाढि पहिरोको कारण प्रभावित क्षेत्रहरुमा स्थलगत रुपमै अनुगमन गरी राहत वितरण र व्यवस्थापन शुरु गरेको हो । जोखिमयुक्त बस्ती स्थानान्तरणको लागि पनि प्रदेश सरकारले छलफल गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले  बताउनुभयो । प्रदेश दुईमा पनि आठवटै जिल्ला डुबानमा परेका छन् । सबैभन्दा बढि क्षति भएको प्रदेश पनि प्रदेश नम्बर २ नै हो । प्रदेश २ सरकारले स्थानीय तहसँग समन्वय गरि उद्धार र राहत वितरणको काम गरिरहेको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो । प्रदेश ३ सरकारले भने बाढी र पहिरोका कारण अवरुद्ध भएका राजमार्ग खुलाउन प्रयास गरिरहेको छ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल विस्तारै वर्षा रोकिंदै गएकाले अब काम गर्न सजिलो हुने बताउनुहन्छ । दीर्घकालिन समस्या समाधानका लागि, नदी किनारका बस्ती व्यवस्थापन गर्न नीतिगत व्यवस्था गर्ने तयारीमा रहेको पनि प्रदेश सरकारहरुले  जनाएका छन् ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: