कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो


सप्तकोशी ब्यारेजका ५६वटै ढोका खोलिएको छ । पानीको बहाब उच्च भएपछि गएराति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको हो । चार दिनदेखिको निरुनतरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीन लाख ७१ हजार एक सय १० क्युसेक पुगेको छ । पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खुला भएको प्रहरीले जानकारी दिएको हो । सप्तकोशीमा पानीको बहाबले खतराको सूची पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ । भारतको बिहार जलमग्न भएपछि भारतले शनिबार दिउँसो ढोका बन्द गर्न दबाब दिइरहेको बताइएको थियो । तर पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर भएपछि कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: