राजेन्द्र महतो बाढि प्रभावित क्षेत्रको अनुगमन,कार्यकर्ताहरु खटिए राहतमा


वर्षा र पहिरोका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राजनीतिक दलले राहत र उद्दारका लागि आफ्ना कार्यकर्तालाई परिचालन गरेका छन् ।धनुषा क्षेत्र नम्बर ३का सांसद राजेन्द्र महतो हिजो धनुषाको विभिन्न बाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन। धनुषामा बाढि प्रभावित क्षेत्रमा महतो आफनो कार्यकर्ताहरुको साथमा अनुगमन गरेका छन । धनुषामा बाढिबाट धनुषा निकै प्रभावित भएका छन। विशेष गरेर ग्रामीण क्षेत्रमा अत्याधिक प्रभाव परेको देखिन्छ ।  निरन्तर परिरहेको पानीका कारण पहाडी र तराई क्षेत्रका नागरिक सबैभन्दा बढि प्रभावित भएपछि विभिन्न राजनीतिक दलले आफ्ना विभिन्न संघ संगठनलाई प्रभावित क्षेत्रमा परिचालित गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले प्रभावित क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन दिइएको बताउनुभयो । यस्तै नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बाढी, डुबान र पहिरोले प्रभावित ४० जिल्लामा आफू मातहतका सङ्गठनलाई परिचालन गरिएको बताउनुभयो । प्रभावित क्षेत्रमा अन्य दलले पनि आफ्ना संघसंगठनलाई परिचानल गर्दै उद्दार र रातहमा खटाएको छ । समाजवादी पार्टी नेपालले भने प्रभावित क्षेत्रमा आफ्ना कार्यकर्तालाई खाद्यान्न सामग्री सहित उद्दारका लागि खाटाएको छ । यस्तै राष्ट्रिय जनता पार्टी नेपालले पनि आफ्ना कार्यकर्तालाई भएकै स्थानबाट उद्दार र राहतमा खटिन निर्देशन र आग्रह गरेको छ । एक स्थानबाट अर्को स्थानमा गएर उद्दार गर्ने अवस्था नरहेकोले भएकै स्थानबाट उद्दार कार्यमा खटिन सबैलाई निर्देशन दिइएको विभिन्न राजनीतिक दलले जनाएका छन् ।




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: