बुनिटारमा ३ जना बेपत्ता

४ दिनदेखीको वर्षासँगै आएको पहिरोमा परी घर पुँरिदा सिन्धुलीको दुधौली नगरपालिका  १२ जिनाखु बुनिटारमा ३ जना बेपत्ता भएका छन् । पहिरोमा परि घरमा रहेको ३ वटा बाख्रा, २ वटा खसी र घरमा रहेको नगद तथा जिन्सी पनि पुरिएको छ । हिजो दिउँसो करिब १ बजेको समयमा घर माथी बाट आएको पहिरोले बुनिटारका ४० वर्षका हिरा बहादुर पौडलको घर पुँरिदा पौडेलका श्रिमति ३० वर्षका सुनिता पौडेल, वर्षका छोरी सबिता पौडेल र छोरा सागर पौडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । घटनामा परी घाईते पौडेलको डकाहामा उपचार भईरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, वर्षाका कारण सिन्धुलीको विद्युत सेवा अवरुद्ध भएको छ । वर्षा र पहिरोले विद्युतका पोल भत्काएपछि विद्युत सेवा अवरुद्ध भएको हो । जिल्लाका विभिन्न क्षेत्रमा २ सय भन्दा बढी पोल बगाएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा सिन्धुलीले जनाएको छ । साथै इन्टरनेट र दूरसञ्चार क्षेत्रपनि अवरुद्ध बनेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: