वर्षाका कारण बारामा करिब ७ सय घरपरिवार प्रभावित


विगत ५ दिनदेखि लगातार परिरहेको वर्षाका बारामा झन्डै ७ सय घर डुबानमा परेका छन् । बाराको निजगढ, जितपुरसिमरा, सिम्रोनगढ, महागढीमाई, कलैया लगायतका मुख्य बजारहरू डुबानमा परेका कारण मानिसहरु प्रभावित बनेका छन । निजगढ बजारमा ढल निकासको उचित व्यवस्थापन हुन नसक्दा नाला थुनिएर वर्षाको पानी घरघरमा पस्दा लाखौको क्षति भएको स्थानियले बताएका छन् । यस्तै जितपुरसिमरा उपमहानगरपालिकाको रमौली, नयाँबस्ती, हरपुर, फेटा गाउँपालिकाको त्रिवेणी, रजघटिया लगायतका क्षेत्र पानीका कारण डुबानमा परेका छन् । डुबानका कारण घरबाट बाहिर निस्कने र खानपानको जोहो गर्न समेत समस्या भएको बारा प्रहरीले जनाएको छ । डुबान क्षेत्रमा सुरक्षा निकायको पहलमा बस्ती खाली गर्ने काम भईरहेको र सर्वसाधारणलाई सर्तक रहन  आग्रह गरिएको छ । त्यसैगरिलगातार परिरहेको पानीका कारण तेह्रथुमको विभिन्न स्थानमा पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । पहिरोले गर्दा घर भत्किनुका साथै केही घर जोखिममा समेत परेका छन् । लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारका ७ भन्दा बढी घरमा पहिरोले क्षती पुगेको छ । यस्तै बसन्तपुर वजार क्षेत्रको प्रगती टोलको ५ भन्ला बढी घर पहिरोको उच्च जोखीममा रहेको प्रहरीले जनाएको छ । यस्तै छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारका ६ भन्दा बढी घर पहिरोको उच्च जोखीममा रहेको स्थानीय प्रकास पाक्सावाले बताउनुभयो । वर्षाका कारण माथी बाट पहिरो खस्दा बसन्तपुर म्याङलुङ सडक खण्डको कांडेमा सडक हिजो देखी नै अवरुद्ध भैरहेको छ । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई म्याङलुङ खण्ड पनि चार दिन देखी अवरुद्ध छ । सिंधुवा शुक्रवारे, शुक्रवारे म्याङलुङ, जिरीखिम्ती मोराहाङ, म्याङलुङ लुमुघाट लगायतका सदरमुकाम जोड्ने १० वढी सडक अबरुद्ध भएका छन् । सडक अवरुद्धका कारण सैयौं सवारीसाधन अलपत्र बनेको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: