बाढि प्रभावित क्षेत्रमा पानी खादा सतर्कता अपनाउन आग्रह


चिकित्सकहरुले बाढि प्रभावितक्षेत्रमा खानेपानी खादा सकर्तकता अपनाउन आग्रह गरेको छ। सो क्षेत्रमा पानीमा किटहानीहरु दिने गरिएको र पानी खादा बिरामी पर्ने सम्भावना रहेको चिकित्सहरुले औल्याएका छन। पानीजन्य रोगहरुको संक्रमण बढ्ने भएकाले यो बेला विशेष गरी शुद्द पानी पिउन चिकित्सकले सुझाएका छन् । राहत वितरण गर्दा वितरणकर्ताले राहत सामग्रीमा पानीलाई प्राथमिकतामा राख्नु पर्ने उनीहरुकोे सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार झाडापखाला, ठाइफाइड, हेपाटाइटिस लगायतका सरुवा रोग फैलन सक्ने हुन्छ । यसका लागि सर्वसाधारणलाई शुद्द पानी पिउन उहाँको सुझाव छ । सरकार लगायत विभिन्न संघ संस्थाले राहत सामग्री वितरण गर्दा पानीलाई प्राथमिकतामा राख्न सके बाढीपहिरो पीडितहरले केही हदसम्म पानीजन्य संक्रमणबाट बच्न सक्ने उहाँको भनाई छ । त्यसकारण पनि राहत वितरणकर्ताले पानीमा बढी जोड दिनुपर्ने उहा“ सुझाउनुहुन्छ । बाढी पहिरोका कारण बस्नका लागि पनि समस्या भइरहेको अवस्थामा उमालेर, निर्मुलीकरण गरेर पानी खाने अवस्था नहुने भएकाले पनि राहत सामग्री वितरणकर्ताले पानी वितरणमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: