बाढीले दुईको मृत्यु एक वेपत्ता, सदरमुकाम गौर अझै डुबानमा

लगातारको वर्षाका कारण आएको बाढीमा परी गौर ३ टिकुलियाका शिवमंगल राउत पटेल र ईशनाथ  १ बन्जरहाका हरेन्द्र राय यादवको शनिबार साझ मृत्यु भएको छ । बाढीले बगाएर दुवैको मृत्यु भएको हो । एक बेपत्ता छन् ।घरबाट बाहिर निस्कदै गर्दा बगाएर दुवैको मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै दुर्गा भगवती गाउपालीका ४ का विरेन्द्र मिश्र बाढीमा परेर बेपत्ता छन् । मिश्रको खोजीकार्य भईरहेको जिल्ला प्रहरीले जनायो । लगातारको वर्षा पछि जिल्लामा सर्पको बिगबिगी बढेको छ । शनिबार रातिसम्म चन्द्रनिगाहपुर क्षेत्रमा १५ जनालाई सर्पले डसेको छ । उनिहरुलाई उपचारका लागी सरकारी अस्पतालमा ल्याईएको छ ।
वर्षाले जमिन डुबानमा परे पछि सर्प घरमा पसेको थियो । स्थानिय प्रशासनले सर्पबाट सचेत रहन आग्रह गरेको छ ।
यता लगातारको वर्षा पछि डुबानमा परेको सदरमुकाम गौरको जनजीवन आईतबार पनि कष्टकर बनेको छ । डुबान केही कम भए पनि मानिसहरु बाहिर निस्कन सक्ने अवस्था छैन् । सुरक्षाकर्मीले एकतल्ला घरमा फसेका झण्डै सय परिवारलाई उद्धार गरेको छ ।
गौर क्षेत्रमा डुबानमा फसेकाहरुलाई नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले डुंगाको मद्धतले उद्धार गरेका थिए । उनिहरु दिनभर डुंगामा यताउता गरिरहे । जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धारकार्य जारी राखेको बताए ।
‘डुबानमा फसेकाहरुलाई उद्धार गरेका हौं,’ उनले भने, ‘जहाँ बढी डुबान र फसेकाहरु छन् उनिहरुलाई सुरक्षित स्थानमा लगेका छौं ।’ अपरान्ह सशस्त्र प्रहरीको २ नम्बर प्रदेश प्रमुख डिआईजी राजु अर्यालले थप २ वटा रबर बोट र सशस्त्र प्रहरीको तालीम प्राप्त उद्धार टोल गौर पठाएका थिए । नेपाल प्रहरीको पनि उद्धार टोली खटेको छ ।
वर्षाले राजमार्ग डुबानमा पारे पछि सदरमुकाम गौर चल्ने सबारी बन्द भएको छ । शनिबार बिहान देखी कुनै पनि सवारी गौर जान सकेको छैन् । सदरमुकाम नै डुबानमा परे पछि यातायात बन्द भएको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: