भौतिक पुर्वाधार मन्त्रालयको योजनामा निकै अनियमतिता,पानी मै ढलान


प्रदेश नम्बर २को भौतिक पुर्वाधार मन्त्रालयले विनियोजना गरेको बजेटको अत्याधिक दुरुपयोग भएको छ। आफनो कार्यकर्ताहरुलाई पाल्ने गरि वितरण गरिने योजनाहरुको सत्तारुढ दलका नेताहरुको लागि अहिले खानेबाटो बनेको छ। वर्षातको बाढिले अत्यस्त रहेको धनुषामा मन्त्रालयको कामहरु वर्षातमा समेत हुने गरेको देखिएको छ। बिहीबार धनुषामा दिनभर वर्षा भइरहेको छ। किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ। लक्ष्मिनियाँ गाउँपालिकास्थित अगिलेसवा टोलमा भने अविरल वर्षाको पर्बाहै नगरी धमाधम बाटो ढलान गरिँदैछ।
पिसिसी ढलानको कुनै मापदण्डको वास्ता नगरी माटोमाथि सोझै छड ओछ्याएर सडक ढलान हुँदैछ, यहाँ। गाउँलेलाई बाटोको गुणस्तरबारे कुनै चासो छैन। नियमनकारी निकायलाई असार मसान्तको हिसाब मिलान गर्दैमा फुर्सद छैन।उपभोक्ता समितिका पदाधिकारीको समेत पत्तो छैन, सडक निर्माणस्थलमा। मापदण्डअनुरुप बाटो निर्माण भए–नभएको निगरानीको जिम्मेवारी पाउने अनुगमन समितिका संयोजक परमेश्वर साहले भने जसरी भए पनि निर्माण कार्यमा खर्च कटौति गरेर सक्दो बढी रकम जोगाउने दाउमा क्रियाशील देखिन्छन्।यो निर्माणस्थल पूर्वराष्ट्रपति डा. रामवरण यादवको पुख्र्यौली गाउँ सपहीमा पर्छ। यादवले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकै कार्यकर्ता गणेश साह उपभोक्ता समितिका अध्यक्ष हुन्। कोषाध्यक्ष सोही गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवको नाता पर्ने बुहारी छन्।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले मध्य असारमा कार्यादेश दिएपछि हतारमा उपभोक्ता समिति गठन गरेर सडक ढलान गर्न लागिएको स्थानीय प्रबोध यादवले बताए। ‘आज २६ गते भइसक्यो। २८ गतेसम्म निर्माण कार्य सम्पन्न भएन भने बजेट निकासा हुँदैन। यस्तो अवस्थामा वर्षा हेर्नु कि जसोतसो काम पूरा गर्नु ?’ यादवले भने।उक्त सडक ढलानको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले ९० लाख रुपैयाँ दिएको छ। उक्त रकमले चार सय १० मिटर लामो बाटो कम्तीमा १० वर्ष टिक्नसक्ने गरी स्तरीय कालोपत्रे गर्न सकिने जानकार बताउँछन्। तर, कमिसन हात पार्ने उद्देश्यले दुई वर्ष पनि टिक्न नसक्ने गरी पिसिसी ढलान गरिरहेको आरोप स्थानीयको छ।
जनकपुर–ढल्केवर सडक खण्डसँग जोडिएको चल्तीको उक्त सडक सवारी चाप हेर्दा अहिले भइरहेको ढलान दुई वर्ष पनि टिक्न नसक्ने सहजै अनुमान गर्न सकिन्छ। तर, बजेट दिने निकायलाई त्यसको कुनै मतलब छैन। जसरी पनि असारभित्र रकम खर्च भइसक्नुपर्ने बाहेक चासो नदेखाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले असार महिनामा मात्रै झन्डै ३० प्रतिशतभन्दा बढी बजेट खर्च गरिरहेको स्रोतले जनायो।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: