प्रदेश नम्बर २ मा बाढिबाट ७ जनाको मृत्यु


तिन दिन देखि परेको पानीको कारणले सबै भन्दा बढि प्रभावित प्रदेश नम्बर २ देखिएको छ। प्रदेश नम्बर २मा करिब ७ जनाको बाढिबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशको सबै भन्दा बढि रौतहटमा प्रभावित भएको जनाइएको छ।  रौतहटमा करिब ४० हजार विस्थापित भएको जनाइएको छ। प्रदेश नम्बर २ मा ५८ हजार एक सय ४० जना विस्थापित भएको जनाइएको छ।  प्रदेश नम्बर २मा अहिले सम्म ७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मृत्युहुनेमा बारा २, धनुषा २, सिरहा १,महोत्तरी १ ,रौहतट १ र पर्सा १ रहेको छ। बाढिको कारणले जनकपुर विमान स्थल आज देखि सुचारु भएको छ। अविरल वर्षाका कारण ५४,४०१४५ कुल जनसंख्या रहेको यस प्रदेशका विभिन्न जिल्लामा डुवानमा परी प्रभावित भएका ५८१४० जना व्यक्तिहरुलाई नेपाल प्रहरी समेतको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा राखिएको छ । उद्दार कार्यको लागि जम्मा २८ वटा रबर बोट प्रयोग भएको छ भने नेपाल प्रहरीको ५५०५ जना प्रहरी जनशक्ति परिचालित रहेको छ । महोत्तरी र रौतहट जिल्लामा डुवान तथा बाढीको प्रभाव अत्याधिक रहेको छ  भने अन्य जिल्लाहरुमा समेत प्रभाव रहेको छ । विहान केही समय पछिको झरि पछि मौसममा सुधार आएको छ।




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: