बाढी र पहिरोबाट मृत्यु हुने ६५ पुगे, ३० जना बेपत्ता


अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान गएको छ ।प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ। अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: