३७ सय घरधुरी विद्युत, खानेपानी तथा सञ्चार सेवाबाट वञ्चित



बाराको निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ मा दुइ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध हुदाँ यस क्षेत्रका करिब ३७ सय घरधुरी विद्युत, खानेपानी तथा सञ्चार सेवाबाट बञ्चीत भएका छन् । हल्का वर्षा भएको र निजगढ नगरपालिका ६ मा विद्युतका ३ वटा पोल ढलेका कारण विद्युत सेवा विस्तार नहुँदा मोवाइल समेत चार्ज गर्न नपाएको र विद्युतबाट खाने पानी तानेर खाने गरेका स्थानियबासी खाने पानीबाट समेत बञ्चीत भएका हुन् । विद्युत सेवा अवरुद्ध भएको आफुहरुले पटक पटक जानकारी गराउँदा समेत विद्युत प्राधिकरण निजगढले कुनै वास्ता नगरेको स्थानियबासीको दुखेसो छ । निजगढ नगरपालिका १, २ र ३ सिंगौलका साथै छिमेकी जिल्ला मकवानपुरको रजुवा र अरुणबस्तीका गरि करिब ३७ सय घरधुरी मर्कामा परेका बाबुलाल वाईवाले बताउनुभयो । यस अघि जरुवाको कुवाबाट पानी ल्याउने गरेको भएपनि अहिले जरुवा व्यवस्थापन गरि अन्यन्त्र पानी लगिएको र आफुलाई खाने पानीको समस्या भएको उहाँको भनाई छ । साथै विद्युत सेवा अवरुद्ध हुँदा नेपाल टेलीकमको टावरमा पनि समस्या आएको र सञ्चार क्षेत्रबाट पनि आफु बञ्चीत भएको स्थानीयले बताएका छन् ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: